कोचबिहार: कोचबिहारमा धान काटेर घर फर्कने बेला चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। घटना शीतलकुची ब्लकको गोसाइरहट ग्राम पञ्चायतको गडखोला क्षेत्रमा भएको हो। घटनाले क्षेत्रमा शोकको लहर फैलिएको छ। स्थानीय स्रोतका अनुसार पानी पर्न थालेपछि बिहान १५ वर्षीय द्विपजोय बर्मन धान काट्न गएका थिए। वर्षाका कारण घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थामा उनलाई माथाभाङ्गा डिभिजन अस्पताल पुर्याइएकोमा ड्युटीमा रहेका चिकित्सकले मृत घोषणा गरेका थिए।










