शोधार्थी विद्यार्थीको मृत्यु प्रकरणका प्राध्यापक सिद्धार्थ शंकर लाहा पक्राउ

IMG-20240530-WA0155-copy

सिलगढी: उत्तर बंगाल विश्वविद्यालयकी शोधार्थी विद्यार्थी बबिता दत्त मृत्यु प्रकरणका आरोपी मानिएका प्राध्यापक सिद्धार्थ शंकर लाहालाई मतिगढा पुलिसले पक्राउ गरेको छ। आरोपीलाई बुधबार दिउँसो असमको ग्वालपाडा जिल्लाको बागुआनबाट पक्राउ गरिएको समाचार छ। उनलाई बिहीबार सिलगढी अदालतमा पेश गरियो। १६ मईमा मतिगढा नजिकैको शिव मन्दिर क्षेत्रमा भाडाको घरमा बस्दै आएकी बबिता दत्तको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। यो घटनापछि विद्यार्थी संगठनहरूले उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक प्रणालीमा प्रश्न उठाउन थालेका छन्। विद्यार्थी संगठनहरूले उत्तर बंगाल विश्वविद्यालयका प्राध्यापक सिद्धार्थ शंकर  लाहाले ती शोधार्थी विद्यार्थीलाई दुर्व्यहार गरेको आरोप लगाएका छन्। यसबाहेक मृतक बबिता दत्तकी परिवारको तर्फबाट प्राध्यापक सिद्धार्थ शंकर लाहाविरुद्ध मतिगढा पुलिस चौकीमा लिखित उजुरी परेको छ। पछि लिखित उजुरीका आधारमा पुलिसले अनुसन्धान थालेको थियो। अनुसन्धानमा आरोपी प्राध्यापक असमको ग्वालपाडा जिल्लाको बागुआन क्षेत्रमा रहेको खुलासा भएपछि पुलिसले मतिगढापु पुलिस चौकी र असमको बागुआन पुलिसको सहयोगमा १३ दिनपछि आरोपीलाई पक्राउ गरेको समाचार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement