रगतको समाधानका लागि पुलिसद्वारा रक्तदान शिविर आयोजना

IMG-20240530-WA0151

जलपाईगढी: जलपाईगढी मेडिकल कलेज अनि अस्पतालको ब्लड ब्यांकमा रगतको अभावलाई ध्यानमा राख्दै, जलपाईगढी जिल्ला पुलिसद्वारा आज रक्तदान शिविर आयोजना गरियो। पुलिसद्वारा उत्सर्ग पहलको एक भागको रूपमा, जलपाईगढी कोतवाली पुलिस स्टेशन मा एक रक्तदान शिविर आयोजित गरियोl यो शिविर जलपाईगढी मेडिकल कलेज र अस्पतालको ब्लड ब्यांकका कर्मचारीहरुको सहयोगमा आयोजना गरिएको थियो।

शिविरबाट संकलन भएको रगत ब्लड ब्यांकमा पठाइने बताइएको छ। आज यस रक्तदान शिविरमा जलपाईगढीका सर्वसाधारणलगायत जिल्ला पुलिस अधिकारी र पुलिस कर्मचारीहरूले पनि स्वेच्छाले भाग लिए। विभिन्न स्वैच्छिक संघसंस्थाका व्यक्ति र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेको देखियो। जिल्ला पुलिसको यो कदमको जनताले प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement