सिलगढीको जलपाईमोडमा सडक दुर्घटनामा युवकको मृत्यु

Death-Image-Rep-copy-10

सिलगढी: सिलगढीमा बिहान सडक पार गर्ने क्रममा एक युवक दुर्घटनाको शिकार भएका छन्। ट्रकको धक्काबाट युवकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने युवकको नाम बिहारका एमडी मेराज बताइएको छ। समाचारअनुसार मिराज परिवारसहित बिहारबाट जलपाईमोड पुगेका थिए। त्यहाँबाट उनी फटापुकुर जान रेल कुरिरहेका थिए। यसैबीच उनी केही सामान लिन जलपाइमोड नजिकै सडक पार गर्दै थिए। त्यसपछि उनी टोटोसँग ठोक्किएर तल खसे, सडकबाट उठ्न नपाउँदै विपरित दिशाबाट आएको ट्रकले उनलाई ठक्कर दिएको थियो। जसका कारण मिराजको घटनास्थलमै मृत्यु भएको छ।

घटनाको जानकारी पाएलगत्तै जलपाईमोड ट्राफिक र खाल्पाडा चौकीका पुलिस टोली घटनास्थलमा पुगेर शव निकालेर पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा पठाएको थियो। सडक दुर्घटनामा मिराजको मृत्यु आँखा अगाडि देखेर सम्पूर्ण परिवार स्तब्ध भएको छ। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement