इण्डिपेण्डेन्स डे शील्डः असम इलेभेन स्टार र शेयर एफसी विजयी

IMG_20220809_235732.jpg

९ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। मेला ग्राउण्डमा आज भएको पहिलो म्याचमा असम इलेभेन स्टारले नर्थनर्स एफसी-लाई ४-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा कालेबुङको शेयर एफसी-ले असम गोर्खा ब्रदर्सलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी शेयर एफसी सेमिफाइनलमा पुग्यो। यसबाहेक असम इलेभेन स्टारले ११ अगस्तको दिन खेलिने क्वार्टर फाइनलमा दार्जीलिङ पुलिसको चुनौती स्वीकार्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *