फ्रेञ्च ओपनमा स्वियातेक, अल्काराज र सितसिपास तेस्रो राउण्डमा

photocollage_2024530112048724.jpg

पेरिस: शीर्ष वरीयता प्राप्त इगा स्वियातेक र तेस्रो वरीयता प्राप्त कार्लोस अल्काराजले फ्रेञ्च ओपन टेनिस च्याम्पियनशीपको तेस्रो राउण्डमा प्रवेश गरे। पोल्याण्डकी स्टार खेलाड़ी स्वियातेकले बुधवार खेलिएको महिला एकलको दोस्रो राउण्डको म्याचमा जापानकी नाओमी ओसाकालाई ७-६, १-६, ७-५-ले पराजित गरिन्। यसरी स्पेनिश स्टार अल्काराजले नीजरल्याण्डका २३ वर्षीय जेस्पर डि जोंगलाई पराजित गरे। सालको दोस्रो ग्राण्ड स्ल्याममा बुधवार भारी वर्षाले गर्दा २३ वटा म्याच स्थगित गरियो अनि भाग्यले साथ दिँदा अल्काराज चाहिँ आफ्नो म्याच जितेर अघिल्लो राउण्डमा पुग्न सफल भए। स्पेनका युवा खेलाड़ीले म्याचमा ६-३, ६-४, २-६, ६-२-ले जीत हासिल गरे। तेस्रो सेटमा डि जोंगले लड़ाइँ गरे पनि समग्रमा अल्काराजलाई म्याच जित्न अधिक समय लागेन।
पुरुष एकलमा ग्रीसका स्टेफानोस सितसिपास पनि संघर्षपूर्ण जीतको साथ लगातार छैटौंपल्ट तेस्रो राउण्डमा पुगे। उनले जर्मनीका डेनियल अल्टमेयरलाई ६-३, ६-२, ६-७ (२), ६-४-ले पराजित गरे। नवौं वरीयता प्राप्त सिपसिपासलाई म्याच जित्न दुई घण्टा ४५ मिनट समय लाग्यो। फ्रेञ्च ओपनमा यो उनको २४औं जीत हो। पुरुष एकलमै कजाखस्तानका एलेक्जेण्डर बुबलिकले फ्रान्सका ग्रेगोइरे बेरेरेलाई लगातार सेटमा ६-४, ७-५, ६-३-ले पराजित गरी दोस्रो राउण्डमा स्थान बनाए। महिला एकलको दोस्रो राउण्डमा रोमाञ्चक म्याच हेर्न पाइयो। यसमा शीर्ष वरीयता प्राप्त स्वियातेकले ओसाका विरुद्ध संघर्षपूर्ण जीत हासिल गरिन्। यी दुईबीचको म्याच ३ घण्टासम्म चल्यो। महिला एकलमा आठौं वरीयता प्राप्त ट्यूनिशियाकी ओन्स जेबुर पनि तेस्रो राउण्डमा पुगिन्। जेबुरले कोलम्बियाकी केमिला ओसोरियोलाई ६-३, १-६, ६-३-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement