मुख्य प्रशिक्षक र चयनकर्ताको साथ खेलेर पनि म्याच जित्यो अष्ट्रेलियाले

IMG-20240529-WA0266.jpg

पोर्ट अव् स्पेन: आईसीसी टी२० विश्व कप अघि जारी अभ्यास म्याचहरूको क्रममा बुधवार अष्ट्रेलिया र नामीबियाबीच भिड़न्त भयो, जसमा अष्ट्रेलिया ७ विकेटले विजयी भयो। त्रिनिदादको क्वीन्स पार्क ओवल मैदानमा नामीबियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेटमा ११९ रन बनायो। अष्ट्रेलियाको निम्ति एडम जाम्पा र जोश हेजलवुडले उत्कृष्ट बलिंग गरे। यसमा पेस बलर हेजलवुडले नामीबियाका ब्याटरहरूको सातो खाए, जसले आफ्नो ४ ओभरमा ३ ओभर त मेडन गरे अनि दुईजना ओपनर निकोलास डेविन (१४) र माइकल भान लिंगेन (०)-को विकेट लिए। त्यसपछि नामीबियाई टीमले केवल ११९ रन बनाउन सक्यो। हेजलवुडले केवल ५ रन खर्च गरी २ विकेट लिए। यसरी जाम्पाले ३ विकेट हासिल गरे। त्यसपछि अष्ट्रेलियाले ६० बल बाँकी रहँदै ३ विकेटमा १२३ रन बनाएर म्याच जित्यो। ओपनर डेविड वार्नरले २१ बलमा अविजित ५४ रन बनाए जबकि टिम डेविडले २३ रनको योगदान दिए। म्याचमा अष्ट्रेलियासँग पूरा ११ जना खेलाड़ी पनि थिएन। यसैकारण टीमले मुख्य प्रशिक्षक र मुख्य चयनकर्तालाई पनि खेलाउनु पऱ्यो। अष्ट्रेलियाको विश्व कपको टीममा अहिले नामित १५ सदस्यहरूमा केवल ९ जना रहेका छन् कारण ट्रेविस हेड, प्याट कमिन्स, मिचेल स्टार्क, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन र मार्कस स्टोइनिस भारतमा आईपीएल-को समाप्तिपछि अहिले ब्रेकमा छन्। यसैकारण मुख्य प्रशिक्षक एण्ड्र्यू म्याकडोनाल्ड, सहायक प्रशिक्षक ब्राड हज र आन्द्रे बोरोवेकको साथमा मुख्य चयनकर्ता जर्ज बेली पनि मैदानमा ओर्लिनु पऱ्यो। भाग्यले गर्दा यी सबजनाले ब्याटिंग चाहिँ गर्नु परेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement