काेलकत्ता: अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिने घोषणा गरिसकेका भारतका चमत्कारी कप्तान तथा दिग्गज फरवर्ड सुनिल छेत्रीले बुधवार बताएअनुसार, उनी आफ्नो करियरमा सदा साथ दिने साथी खेलाड़ीहरू र खेलप्रति सदा ऋणी रहनेछन्। आउँदो ६ जूनमा कुवैत विरुद्ध फिफा वर्ल्ड कप क्वालीफायर म्याच खेल्न भारतीय टीम कलकत्ता आइपुगेको छ। सुनिल छेत्रीको यो अन्तिम अन्तर्राष्ट्रिय म्याच हुनेछ। भारतीय कप्तानले कलकत्तामा भने, यो केही अन्तिम दिन मेरो निम्ति दुविधाले भरिएको रहनेछ। अब राष्ट्रिय टीममा मेरो केही दिन मात्र बाँकी रहेको छ। यसैकारण म टीमसँग हरेक क्षणको मजा लिन चाहन्छु। भारतको निम्ति सर्वाधिक १५० वटा म्याच खेलेर सर्वाधिक ९४ गोल गर्ने छेत्रीले भने, मैले आफ्नो सत्र गन्ने फसेला गरेको छु तर कृतज्ञताको साथ। म आफ्नो टीम र यस खेल प्रति सदा ऋणी रहनेछु। सबैको साथ र सहयोग बिना यहाँसम्म पुग्नु सम्भव थिएन । भारतीय फूटबलको मक्का मानिने कलकत्तामा राष्ट्रिय टीमको हरेक म्याचलाई लिएर अलग रोमाञ्च रहन्छ तर कुवैत विरुद्ध म्याचको अलग महत्त्व रहेको छ। म्याचमा जीत हासिल गर्न सके भारतले इतिहासमा पहिलोपल्ट फिफा विश्व कप क्वालीफायरको तेस्रो राउण्डमा स्थान बनाउनेछ। यसको साथै टीमले एएफसी एशियाई कप २०२७-को निम्ति स्वतः कालीफाई गर्ने दिशामा एक कदम अघि बढ़ाउनेछ। यसैकारण टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले पनि प्रशंसकहरूलाई सल्ट लेक स्टेडियममा आएर खेलाड़ीहरूका उत्साह बढ़ाउने आह्वान गरिसकेका छन्।