पूर्व विधायक सोनाम ग्याछो भोटियाको निधन पार्टीको निम्ति अपूरणीय क्षति: एसकेएम

IMG-20240529-WA0258.jpg

गान्तोक: दक्षिण सिक्किमको बर्फुङ निर्वाचन क्षेत्रका पूर्व विधायक एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको केन्द्रिय कार्यकारिणी समितिका उपाध्यक्ष सोनाम ग्याछो भोटियाको असामियक निधनले पार्टी स्तब्ध बनेको बताएको छ।

एक वरिष्ठ राजनीतिज्ञ साथै समाजसेवीको रुपमा चिनिएका स्व. सोनाम ग्याछो केही दिन अघिदेखि सामान्य रूपमा अस्वस्थ रहेका थिए भने ६८ वर्षको उमेरका उनले आज बिहान एसटीएनएम अस्पतालमा अन्तिम श्वास लिएको एसकेएमले प्रेस विज्ञप्तिमा जनाएको छ।

सोनाम ग्याछोको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको एसकेएमले बताएको छ। उनको निधनमा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ गोलेले अगावै आफ्नो आधिकारिक फेसबूक पेज मार्फत् दुःख व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार, स्व. सोनाम ग्याछो भोटिया विगत वर्ष २००९ मा बर्फुङ समष्टिबाट विधायकको रूपमा निर्वाचित बनेका थिए। विधायक बन्नुअघि उनी पञ्चायत तथा जिल्ला पञ्चायत सदस्यको रूपमा निर्वाचित बनी क्षेत्रमा धेरै काम गरेका थिए। यसपछि विगत वर्ष २०२२ मा उनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको परिवारमा आबद्ध भएर पार्टीको केन्द्रिय कार्यकारिणी समितिको उपाध्यक्ष पदमा रही कार्य गर्दै आइरहेका थिए। श्री सोनाम ग्याछोले गत विधानसभा तथा लोकसभा चुनावको समयमा पार्टीको दक्षिण जिल्ला साथै बर्फुङ समष्टिमा चुनाव प्रचार-प्रसारमाथि ठूलो योगदान दिएका थिए, जसलाई पार्टीले कहिल्यै भूल्नेछैन।

स्व.सोनाम ग्याछोले आफूपछि पत्नी, दुई छोरी र एक छोरालाई छोड़ी गएका छन्। एसकेएमले दिवङ्गत सोनाम ग्याछोको आत्माशान्तिको कामना गर्दै पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै उनको परिवारमा आइपरेको यो बज्रपात सहन गर्नसक्ने शक्ति ईश्वरबाट प्राप्त होस् भनी पार्टीले समवेदना व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement