उत्तर सिक्किमको जेमा-१ को बेली ब्रिज बगेपछि लाचेन र थाङ्गुको सम्पर्क टुट्यो, समस्यामा जनता

Sikkim

गान्तोक: उत्तर सिक्किमको लाचेनले गत वर्ष अक्टोबरदेखि भोग्नु परिरहेको सडक सम्पर्कविहीन हुनुको भवितव्यले विश्राम लिने छाँट छैन्। चुङथाङदेखि माथि पुल नबनिएको कारण सम्पर्कमा निर्धक्क आउनै नसकेको लाचेन थाङ्गुमा हिज बेलुकादेखि ओइरिएको हात्तीसुडे पानीले अर्को भवितव्य निम्त्याएको छ। जेमा-१ नदीमा बनेको बेली ब्रिज बगाएपछि सम्पर्क बाधित बनेको छ। त्यसको कारण लाचेन र थाङ्गु पनि आजदेखि सम्पर्कहीन बनेको छ। अर्कोतिर अन्तर्राष्ट्रिय सीमा नाकासम्म पुग्ने बाटोलाई जोड्ने यो जेमा-१ को महत्वपूर्ण बेली पुल बगाउनका साथै यहाँ निर्माणाधिन रहेको पक्की पुलको आधारशिला (एवोटमेन्ट) समेत बगाएपछि क्षेत्रले लामो समयसम्म सम्पर्कको माध्यम हराउने सम्भावना बढेको छ। जसको सोझो प्रभाव भारतीय सेनाको सामरिक रणनीति र स्थानीय मानिसहरूको दैनिक जीवनमा पर्ने स्पष्ट छ। यत्तिमात्र होइन अक्टोबर महिनादेखि प्राकृतिक आपदाको ठूलो सास्ती खेपिरहेको लाचेन, थाङ्गु, मुकुथाङ, लासेरका मानिसहरूले लाचेन थाङ्गु बीचको सडकको स्थिति पूर्णरूपमा शुन्यमा पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement