राजधानीमा पालन गरियो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

IMG-20240529-WA0253.jpg

आगामी वर्षदेखि अन्तर्राष्ट्रिय कार्यक्रमको रुपमा पालन गरिनुपर्ने मुख्यमन्त्री तामाङको सुझाउ

गान्तोक: विविध कार्यक्रमको साथमा आज राजधानीमा १७औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस एवं ११०औं तेन्जिङ नोर्गे शेर्पा जन्मजयन्ती पालन गरियो। कार्यक्रमको आयोजना सिक्किम सरकारको पर्यटन विभागसितको सहकार्यमा डेञ्जोङ्ग शेर्पा एसोसिएशन, सिक्किमले गरेको थियो। मानिसहरूलाई स्वस्थ जिवनशौलीको संदेश दिँदै पहिलो कार्यक्रम बिहानको समय हिल वकाथन आयोजना गरिएको थियो। वकाथनलाई एमजी मार्गबाट मुख्यमन्त्री प्रेम सिंह तामाङले फ्ल्याग अफ् गरेका थिए। एमजी मार्गबाट आरम्भ भएको वकाथन राजभवन परिसर पुगेर समाप्त भएको थियो।

दिउँसोको कार्यक्रम भने स्थानीय चिन्तन भवनमा आयोजना गरिएको थियो जसमा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहेका थिए। यसरी नै कार्यक्रममा पर्यटन मन्त्री बीएस पन्त, ग्रामीण विकास मन्त्री सोनाम लामा, ऊर्जा मन्त्री एमएन शेर्पा, पर्यटन विभागका सचिव प्रकाश छेत्री, डेञ्जोङ्ग शेर्पा एसोसिएशनका अध्यक्ष दोर्जी शेर्पा, ग्लोबल शेर्पा एसोसिएशमका अध्यक्ष थेण्डुप शेर्पा आदिको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement