तेञ्जिङ हिलेरी मेमोरियल पार्कमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस पालन

IMG-20240529-WA0252.jpg

गान्तोक: उत्तरेको तेञ्जिङ हिलेरी मेमोरियल पार्कमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस पालन गरियो। पहिलो सगरमाथा आरोहण तेञ्जिङ नोर्गे शेर्पाको ११०औं जन्म जयन्तीको अवसरमा १७औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस पालन गरिएको हो। मानेबुङ-देन्ताम शेर्पा संगठनको आयोजनामा भारत – नेपाल सीमा नजिक विश्वको सबैभन्दा ठूलो उत्तरेको तेन्जिङ नोर्गे मेमोरियल पार्कमा यस कार्यक्रम आयोजना गरियो। उत्तरेको अति रमणीय स्थल तेन्जिङ हिलेरी पार्क जुन पर्यटकको क्षेत्रमा निक्कै प्रचलित बन्दै गएको छ। प्रत्येक वर्ष यस स्थानमा तेन्जिङको जन्म जयन्तीलाई भव्य रूपमा मनाएर मनोरञ्जन गर्ने चलन कायम छ।

यस ठाउँमा धेरै जसो पर्यटक व्यवसाय चलाउने व्यवसायी छ्न् भने भोलिको दिनमा भारत नेपाल सडक सीमा सुचारु बनेपछि अझै यस स्थानको महत्त्व बढ्ने स्थानीयहरूको भनाइ रहेक छ ।गोर्खाली समुदाय भित्र पर्ने तेन्जिङ शेर्पा सबैभन्दा अधिक माउन्ट एभरेस्ट चढने व्यक्ति हुन, उनले २१ पल्ट माउन्ट एभरेस्टमा पुगेको इतिहास छ। विश्वकाे सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्ने गर्दछ। तर सिक्किमको यस स्थानमा पनि शेर्पाले धेरै काम गरेको पुर्खाहरु बताउँछन्। उत्तरेको यस भेगमा वर्ष २०१५ मा हिलेरी पार्कको निर्माण कार्य पूरा भएको हो भने दस ऐकर जमिनको फैलावटमा यो स्थानमा देशी बिदेशी पर्यटकहरुको मन जित्न सफल भएको छ।आज यस ऐतिहासिक स्थनामा एभरेस्ट डे मनाएको छ।आजको यस कार्यक्रममा मानेबुङ देन्ताम क्षेत्रका एसकेएम पार्टीका उमेद्वार सुदेश कुमार सुब्बा मुख्य अतिथिको रुपमा उपस्थिति रहेका थिए भने कञ्चनजङ्गा कन्जरभेशन अनि इको टुरिज्म सोसाइटी मानेबुङ देन्तामका सचिव पेमा वाङ्छु

कार्यक्रमको प्रथम चरणमा शेर्पा संस्कृति तथा परम्परागत रूपमा मुख्य अतिथिलाई स्वगत जनाए भने तेञ्जिङ नोर्गे शेर्पाको सालिकमा माल्यर्पण गर्दै पूजा अर्चना गरियो।

तेञ्जिङ हिलेरी पार्क सिक्किम सरकारले निर्माण गरिदिएको छ भने यसलाई अघि बडाएर लाने दायित्व सबैको रहने आयोजक समितिले जानकारी गराएको छ ।आजको कार्यक्रममा

सम्बोधन गर्दै विभिन्न वक्ताहरुले तेञ्जिङ नोर्गे शेर्पाको यहाँ अवस्थित सालिगको गतिविधिबारे प्रकाश पारे। यो एउटा पर्यटकीय पुर्वधार २०२५ मा जति निर्माण भयो अब उप्रोन्त अझ धेरै बडोत्तरी गर्ने कार्यको माग गरियो। स्मरण गरिन्छ सिक्किमको शेर्पा जातिको शिर्ष संगठन डेन्जोङ शेर्पा संगठनले भने यस वर्ष राजधानी गान्तोकमा नै मनाएको छ। राज्यको पर्यटन विभाग अनि शीर्ष संगठनले पनि यहाँ नै मनाउनु पर्ने थियो तर गान्तोकको होटेलमा मनाउँदा कार्यक्रम राष्ट्रिय स्तरको बन्न नसकेकोमा पेमा वाङ्चु शेर्पा साथै मानेबुङ देन्ताम शेर्पा संगठनले खेद प्रकट गरेको छ।

अर्कोतिर यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२४ कार्यक्रम पनि सफल भएको र आगामी दिनमा राष्ट्रियस्तरमा मनाउन सरकारले सहयोग गर्नेछ भन्ने आशा व्यक्त गरेको छ। स्मरण रहोस् सन् २००८ मा एडमण्ड हिलेरीको निधन भएको दिनलाई अन्तर्राष्ट्रिय दिवस घोषणा गरिएको थियो।कार्यक्रमका मुख्य अतिथि सुदेश कुमार सुब्बाले आफ्नो सम्बोधन राख्दै पश्चिम सिक्किमको बहुचर्चित पर्यटक स्थल उत्तरेमा अवस्थित तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलेरी मेमोरियल पार्क निर्माण भए पछि उत्तरेमा पर्यटन क्षेत्रमा ठूलो राहत पुगेको बताए। यस स्थानलाई थप विकास गर्ने कार्यमा सबै लागी पर्ने सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement