मंगन जिल्लाका मतगणना अधिकारीहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20240529-WA0250.jpg

गान्तोक: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर मंगन जिल्लाका काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। मंगन जिल्लाको कृषि विज्ञान केन्द्रमा सम्पन्न भएको यस कार्यक्रममा जिल्लापाल हेम कुमार छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल छेत्रीले यस प्रशिक्षण कार्यक्रममा उपस्थित भएका अधिकारीहरूमा कुनै प्रकारको शंका र जिज्ञासा रहेमा शीघ्र स्पष्ट हुनुपर्ने जानकारी गराए। उनले आगामी दिनमा सम्पन्न हुने मतगणनामा कुनै प्रकारको भूल नहनुपर्ने र चुनाउ प्रक्रियालाई कढाइकोसाथमा पालन गर्दै अघि बढाउनु पर्ने आग्रह गरे। जिल्लापालले मतगणनाको निम्ति खटिएका सबै अधिकारीहरूलाई उक्त दिन बिहान ५ बजी मतगणनास्थलमा पुग्नुपर्ने र सबै अधिकारीहरूले आफ्नो कर्तव्य इमान्दारपूर्वक निर्वाह गर्ने आशा व्यक्त गर्दै सबैलाई शुभकामना दिएका छन्। यस अवसरमा महकुमा अधिकारी किरण ठटालले मतगणना प्रक्रिया सम्वन्धि जस्तै इभीएम र भीभीपीएटीबारे जानकारी गराए। मतगणनाको निम्ति ३२ जना काउन्टिङ सुपरभाइजर, ६२ जना काउन्टिङ एसिस्टेन्ट र ४२ जना माइक्रो अबजर्भरहरू रहनेछ भने यी सबै अधिकारीहरू मतगणनास्थलमा १ जूनको दिन पुग्नु पर्ने निर्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement