सिंगापुर ओपनको दोस्रो राउण्डमा पुगिन् पीभी सिन्धू

IMG-20240529-WA0248.jpg

सिंगापुर: भारतीय शट्लर तथा दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले बुधवार सिंगापुर ओपन ब्याडमिण्टन टुर्नामेण्टको पहिलो राउण्डमा डेनमार्ककी लाइन हजमार्क काजेर्सफेल्ट विरुद्ध सीधा गेममा जीत हासिल गरिन्। सिन्धूले ४४ मिनटसम्म चलेको म्याचमा डेनिस प्रतिद्वन्द्वीलाई २१-१२, २२-२०-ले पराजित गरिन्। म्याचमा शुरुदेखि नै सिन्धूले विपक्षी खेलाड़ीमाथि दबाउ सृष्टि गरिन्। उनले पहिलो गेम २१-१२-ले सजिलै जितिन्। दोस्रो गेममा होजमार्कले खेलमा पुनरागमन गर्ने प्रयास गरिन् तर भारतीय खेलाड़ीले पनि २२-२०-ले दोस्रो गेमसहित म्याच जितिन्। यसअघि आइतवार सिन्धूले मलेशिया मास्टर्सको फाइनलमा चीनकी खेलाड़ी वांग झी यी विरुद्ध हारको सामना गर्नु परेको थियो। मलेशिया मास्टर्समा असाधारण प्रदर्शनपछि सिन्धूले सिंगापुर ओपनमा पनि फर्ममा देखियो अनि प्रभावशाली प्रदर्शनको साथ दोस्रो राउण्डमा स्थान बनाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement