काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले लोकसभा चुनाउको अन्तिम चरणको मतदान अघि बुधवार बारुइपुरमा एक जनसभालाई सम्बोधित गरिन्। जादवपुर लोकसभा क्षेत्र अन्तर्गत यस लोकसभा क्षेत्रमा उनले तृणमूल उम्मेदवार सायोनी घोषको समर्थनमा जनसभा गरिन्।
यहॉं ममताले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना लगाउॅंदै भनिन्, तपाईहरूको ओबीसी सर्टिफिकेट रद्द गरिदियो, तर म त्यसलाई स्वीकार गर्ने छुइन। जसरी चलिरहेको छ त्यसरी नै चल्नेछ। उनले मोदी अब प्रधानमन्त्री रहने छैनन् भन्दै मोदीको उमेर चार जूनसम्म मात्र रहेको बताए।
उनले भने, पीएम मोदी चुनाउको अन्तिम चरणको 48 घण्टा अघि कतै गएर लुक्छन् र मानिसहरू उनी ध्यान गरिरहेका छन् भन्छन्। कन्याकुमारीको उल्लेख गर्दै उनले भनिन्, समुद्र किनार राम्रो ठाउॅं हो जहॉं धेरै संख्यामा मानिसहरू घुम्न आउॅंछन्। स्वामी विवेकानन्द त्यहॉं जानु मन पराउथे र त्यहीं गएर पीएम मोदीले ध्यान गर्नेछन्। उनी देउताभन्दा ठूलो देउता भएका छन्।