सोनादा: गोराबारी आठ माइलमा अन्य पार्टीबाट २० घर समर्थकहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सामेल हुनेहरूले नयाँ सोच र नयाँ विचारलाई साथै अनित थापा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कर्मलाई देखेर संसद भोटको फलाफल नभई नै सदैव पार्टीलाई साथ दिने वचन दिन्दै समर्थन गरेको जनाइएको छ। पार्टीमा सामेल हुनेहरू सबैलाई टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाको बाहुलीबाट पार्टीको झण्डाहरू प्रदान गरी पार्टीमा स्वागत जनाइएको जानकारी प्राप्त भएको छ। यस समर्थन सभामा सभासद नुरी शेर्पा,सह सचिव सुसन मुखिया, युवा शक्ति महासचिव दिपेश तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। यस समर्थन सभालाई सुरेन देवानले सञ्चालन गरेका थिए।