गोर्खा जनपुस्ताकालय खरसाङको नयाँ कार्यकारी समितिको लागि १७ जना चयन

IMG-20240529-WA0238.jpg

खरसाङ: गोर्खा जनपुस्ताकालय खरसाङको नयाँ कार्यकारी समितिको लागि १७ जना चयन भएका छन्। १७ जनाको कार्यकारिणी समितिको चयन गर्न गरिनु पर्ने चुनावमा केवल १७ जनाले नै नामांकन पत्र बुझाएको र सबैको नामांकन पत्र जाँचपछि सठीक पाइएपछि अब चुनाव नहुने र १७ जनाबाट नै नयाँ पदाधिकारीहरू चयन गरिने भएको छ। भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको चुनाव प्रक्रिया र कार्यकारी समितिको चुनाव सम्बन्धमा तीनजना चुनाव अधिकारीहरूले आज जानकारी गराएका छन्। पुस्तकालयको चुनाव विषयमा आज पुस्ताकालयमा पत्रकार सम्मेलन बोलाएर तीनजना चुनाव अधिकारीहरू क्रमैले मुख्य चुनाव अधिकारी अधिवक्ता मनिकचन्द्र प्रधान र चुनाव अधिकारीहरूमा पूर्व प्रधान अध्यापक भीमबहादुर प्रधान र प्राध्यापक डा योगेस खाती आदिले विस्तृत जानकारी गराएका छन्। यस क्रममा मुख्य चुनाव अधिकारी अधिवक्ता मनिकचन्द्र प्रधानले यसपाली गोर्खा जनपुस्ताकालय खरसाङको कार्यकारिणी समितिको लागि जम्मा १८ जना नामांकन पत्र भरेका थिए तर केवल १७ जनाले मात्रा नामांकन पत्र बुझाएका बताएका छन्। उनले कार्यकारिणी समितिको चाहिएको १७ जनाले मात्र नामांकन पत्र बुझाएका र १७ जनाकै नामांकन पत्र जाँचपछि सठीक पाइएको कारणले अब १७ जना नै निर्विरोध चयन भएका छन् साथै उनीहरूका नामको घोषणा आगामी ९ जूनको दिन हुने पुस्तकालयको वार्षिक साधारण सभामा गरिने बताएका छन्। अर्का चुनाव अधिकारी भीमबहादुर प्रधानले १८ जना चयन भएपछि यस कार्यकारी समितिले नयाँ चारजना कार्यकारी सदस्यहरू चयन गर्ने र जम्मा २१ जनाको कार्यकारिणी समिति गठन पनि बताएका छन्। यसको साथै अर्का चुनाव अधिकारी प्राध्यापक डा योगेस खातीले आफुहरू भारतकै नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्थामा चुनाव अधिकारीक रूपमा कार्य गर्न पाउनु गर्वको कुरा रहेको बताएका छन् । उनले पुस्तकालयको नयाँ कार्यकारिणी समितिको सम्पूर्ण सदस्य सदस्याहरूलाई शुभकामना दिएका छन्। उल्लेख्य छ गोर्खा जनपुस्ताकालय खरसाङको कार्यकारिणी समितिको गठन गर्नलाई चुनाव गराउन तीनजना चुनाव अधिकारीहरू चयन गरिएको थियो। तीनजना चुनाव अधिकारीहरूका चुनाव पर्यवेक्षकतामा नै चुनाव गराउन गत २१, २२, २३ र २४ मई २०२४ को दिन नामांकन पत्रहरू वितरण गरिएको थियो भने २५ र २६ मईको दिन नामांकन पत्र बुझाउने कार्य गरिएको थियो। त्यसरी नै नामांकन पत्र जाँचको कार्य गत २७ मईको दिन र २८ मईको दिन नामांकन पत्र फिर्ता लिने दिन तोकिएको थियो। यसै अनुसार जम्मा १८ जनाले नामांकन पत्र भरे पनि केवल १७ जनाले मात्र नामांकन पत्र बुझाएका थिए भने १७ जनाको नै नामांकन पत्र सठीक रहेको थियो। १७ जना कार्यकारी समितिको लागि नै चुनाव हुनेवाला थियो र १७ जनाले नै नामांकन बुझाएर सबैको नामांकन पत्र सठीक पाइएकोले अब चुनाव नहुने र आगामी ९ जूनको दिन हुने पुस्तकालयको वार्षिक साधारण सभामा नै नयाँ पदाधिकारीहरू चयन गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement