बन्चरोकाे प्रहारले परिवारको ८ जनाको हत्या, त्यसपछि आत्महत्या

WhatsApp-Image-2024-05-29-at-2.20.22-PM.jpeg.jpg

छिन्दवाडा: मध्य प्रदेशको छिन्दवाडा जिल्लामा बुधबार एक मानसिक अपाङ्गता भएका व्यक्तिले आफ्नै संयुक्त परिवारका आठजनालाई बन्चरो प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका छन्। यो घटना राति करिब २ः३० बजे बोदल काछार गाउँमा भएको हो तर यसको कारण भने खुल्न नसकेको पुलिसले जानकारी दिएको छ। पुलिस उपरीक्षक (एसपी) मनिष खत्रीले पत्रकारहरुलाई बताए की दिनेश सरियाम (२६) मानसिक रूपमा अपाङ्गता थिए। उनले कथित रूपमा आफ्नी श्रीमती, आमा, बहिनी, भाइ, भाइकी श्रीमती र तीन नाबालिग छोराछोरीको हत्या गरेको अधिकारीले बताए। पछि उसले आफ्नो अर्का भतिजालाई पनि आक्रमण गरेको थियो तर उनी घटनास्थलबाट भाग्न सफल भएका थिए। घटनाको जानकारी पाएपछि पुलिसले घटनास्थलमा पुगेर व्यक्तिको खोजी गरे तर पछि रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमका लागि पठाइएको छ भने घाइतेको छिन्दवाडाको निजी अस्पतालमा उपचार भइरहेको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री सम्पति उइकेलाई छिन्दवाडा गएर मृतकका परिवारलाई भेट्न निर्देशन दिएका छन्। अधिकारीहरुका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्ति मानसिक रुपमा अस्वस्थ रहेको खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको एसपीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement