सिलगढी नगर निगमले जुन २ सम्म पिउने पानी आपूर्तिमा लगाए रोक 

Screenshot_20240529_192538_Samsung-Internet.jpg

सिलगढी: पिउने पानी दूषित भएको कारण आजदेखि जुन २, दिउँसोसम्म महानगरपालिका क्षेत्रमा आपूर्ति हुने खानेपानी पिउन निषेध गरिएको छ। सिलगढीका मेयर गौतम देवले यस्तो घोषणा गरेका हुन् ।बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) घटेका कारण खानेपानी दूषित भएको बताइएको छ । निगम क्षेत्रमा दैनिक पानी आपूर्ति गरिने भएपनि नगरवासीलाई पानी नपिउन आग्रह गरिएको छ। आपूर्ति गरिएको खानेपानी पिउने बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न सकिने बताइएको छ ।मेयर गौतम देवले आज सिलगढी नगर निगममा पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिए। खानेपानी केही हदसम्म दूषित भएको मेयरले बताए। पानीको नमूना परीक्षणका लागि कोलकाता पठाइएको छ। रिपोर्ट आउन पाँच दिन लाग्ने छ। त्यसपछि मात्र पानी पिउन प्रयोग गर्न सकिन्छ।त्यतिन्जेलसम्म पानी नपिउन मेयरले सर्वसाधारणलाई आग्रह गरेका छन्। निगमले खानेपानीको वैकल्पिक व्यवस्था गरेको उनले बताए। १ लाख खानेपानीका पाउच उपलब्ध गराइनेछ। पाँच बोरोमा १५ देखि २० हजारसम्म पानीको पाउच दिइनेछ। निगमले हरेक वडामा खानेपानीको ट्याङ्कर पठाउने पनि उनले बताए।
अर्कोतर्फ सिलगढीका विधायक शंकर घोषले भने कि सिलगढीका जनताले विगत १५ देखि १६ दिनदेखि दूषित पानी पिइरहेका छन्। महानगरपालिका चलाउन मेयर गौतम देव असफल भएका छन्। मेयरले यसको जवाफ मेयर काउन्सिलले दिनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement