गोविन्दा बलिउडमा हिरो नम्बर १  कायम रहने थिए…

Govinda

मुम्बई: बलिउडका स्टारडम कहिले आकाश छुन्छन् त कहिले सिधै तल्लो तहमा पुग्छन्। कुनै समय एकपछि अर्को हिट फिल्म दिएपछि गोविन्दालाई सुपरस्टारको उपाधि पनि दिइएको थियो। त्यसपछि अचानक एक समय आयो जब उनका फिल्महरु अचानक असफल हुन थाले। उनलाई अन्य स्टारहरुले पनि साथ दिएनन्। यहाँ हेरौं ती बलिउड स्टारहरूको सूची जससँगको दरार गोविन्दाको पतनको कारण बनेको छ। जहिले पनि उत्कृष्ट निर्देशक र अभिनेता जोडीको चर्चा हुन्छ, डेभिड धवन र गोविन्दाको चर्चा हुन्छ। तर, केही समयपछि यी दुईबीच दरार आयो र त्यसपछि डेभिड धवनले गोविन्दालाई काम दिन बन्द गरे र अभिनेता–निर्देशक जोडी सधैका लागि ब्रेकअप भयो। बलिउडका फिल्ममेकर करण जोहरसँगको करियर राम्रोसँग चलेको भएपनि गोविन्दासँग उनको सम्बन्धमा मतभेदको कयौं किस्सा बाहिर आएका थिए जसका कारण करण जोहरले पनि गोविन्दालाई काम दिन अस्वीकार गरेका थिए।

बलिउड सुपरस्टार शाहरुख खानले एक अन्तर्वार्तामा गोविन्दाले आफ्नो जस्तो अभिनय कहिल्यै गर्न नसक्ने बताएका थिए। शाहरुख खान र गोविन्दाबीचको दरार पनि कसैबाट लुकेको छैन। त्यतिबेला शाहरुख खान ठूला स्टार थिए र उनीसँगको दुश्मनी गोविन्दालाई महँगो परेको थियो। बलिउडका चर्चित खलनायक अमरिश पुरीको पनि गोविन्दासँग राम्रो सम्बन्ध थिएन। रिसाएर अभिनेताले गोविन्दालाई नालीको कीरा समेत भनेका थिए, त्यसपछि निकै विवाद शुरु भएको थियो। त्यसपछि गोविन्दाले अमरीश पुरीसँग कुनै फिल्म गरेनन्, जसले गर्दा उनको करियरमा पनि असर परेको थियो। बलिउड अभिनेता सलमान खान र गोविन्दा एक समय निकै मिल्ने साथी थिए। तर, उनीहरुबीचको मतभेदका कारण यसअघि गोविन्दालाई अफर गरिएका धेरै फिल्महरु उनीबाट खोसेर सलमान खानलाई दिएका थिए। जसका कारण गोविन्दा आफ्नो फिल्मी करियरमा निकै पछाडि परेका थिए।

कुनै समय ब्लकबस्टर फिल्ममा काम गरिसकेपछि आज गोविन्दालाई फिल्मको अफर पनि नआउने समय छ, यसका धेरै कारण छन्। गोविन्दा आफैंले आफ्नो करियरमा यस्ता धेरै कदम चालेका छन्, जसका कारण उनको करियरमा नकारात्मक असर परेको छ। बलिउड अभिनेता सञ्जय दत्तको एउटा अडियो टेप भाइरल भएको छ, जसमा उनले गोविन्दालाई गाली गरेका छन्। त्यसयता गोविन्दा र सञ्जय दत्तको सम्बन्ध कहिल्यै परेन। गोविन्दाले सञ्जय दत्तसँग कुनै पनि फिल्म साइन गर्न अस्वीकार गरे जसको प्रभाव उनको करियरमा परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement