अन्तरराष्ट्रिय एभरेस्ट-डे को अवसरमा ‘हिल वाकाथन’ आयोजित

n6127006121716985971593f8a5dc97f37d4fc0398c340e59d6611131ee5842154e53f2ad7c31ea565b8baa.jpg

गान्तोक: आज अन्तरराष्ट्रिय एभरेस्ट-डे को अवसरमा   राजधानीमा हिल वाकाथन आयोजन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। उनले झण्डा हल्लाएर वाकाथनको शुभारम्भ गरे।

प्रतियोगिता दुई वर्ग खुल्ला र वरिष्ठहरूको निम्ति आयोजना गरिएको थियो। खुल्ला वर्गको निम्ति वाकाथन प्रतियोगिताको रूपमा सम्पन्न गरिएको थियो।

मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा अन्तरराष्ट्रिय एभरेस्ट डे- को अवसरमा हिल वाकाथनमा सहभागी बन्न पाएकोमा खुशी व्यक्त गरेका छन्। यस आयोजनले एक महत्वपूर्ण क्षणलाई चिन्हित गर्दछ र सगरमाथाको प्रतीक अन्वेषण र सहनशीलताको भावनालाई सम्मान गर्न उत्साही र साहसीहरूलाई एकसाथ ल्याउँछ भनी उनले बताएका छन्। वाकाथनले सगरमाथासँग सम्बन्धित इतिहास र उपलब्धिहरूको खुशी मात्र मनाउॅंदैन तर फिटनेस र सामुदायिक भावनालाई पनि प्रोत्साहन प्रदान गर्छ भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement