ठगीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहमा रहेको आशंकामा एक जना पक्राउ

IMG-20240529-WA0154-copy

सिलगढी: फाँसीदेवा पुलिस स्टेशनले विशेष अभियान चलाउँदै ४०० भन्दा बढी एटीएम कार्ड, लगभग १५० ब्यांक पासबुक, लगभग ४० क्युआर कोड, चार प्यान कार्ड, चालीस सिम कार्ड प्याकेट, लगभग २०० चेकबुक, एक पासपोर्ट, एक ल्यापटप र लगभग ४२ हजार रुपियाँ बरामद गरेको छ। साथै दुईवटा सवारीसाधन पनि पुलिसले नियन्त्रणमा लिएको छ। पुलिसले यस घटनाका आरोपी अनिल गोप (३०) नाम गरेका युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ। अदालतमा १४ दिन हिरासतमा राख्न माग गरिएको छ। यस घटनामा फरार अभियुक्तको खोजी कार्य फणसीदेवा पुलिस चौकीले गरेको छ। चार सयभन्दा बढी एटीएम कार्ड, करिब १ सय ५० वटा ब्यांकको पासबुक, करिब ४० वटा क्यूआर कोडलगायत बरामद गर्ने घटनामा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्ने पुलिसको आशंका छ। पुलिसले पूरै घटनाको विस्तृत अनुसन्धान थालेको छ भने घटनामा थप व्यक्तिलाई छिट्टै पक्राउ गर्नसक्ने पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement