खरसाङमा तेञ्जिङ नोर्गे शेर्पाको ११०औं जन्म जयन्ती पालन

IMG-20240529-WA0215.jpg

तेन्जिङ नोर्गे शेर्पा जातिको मात्रै नभएर सम्पूर्ण गोर्खा जातिको नै गौरव हुन्: सभासद श्याम शेर्पा

खरसाङ: खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बा हलमा शेर्पा एसोसिएसन खरसाङद्वारा तेन्जिङ नोर्गे शेर्पाको ११०औं जन्म जयन्ती पालन गरिएको छ। खरसाङ शेर्पा एसोसिएसनका सचिवले जानकारी गराए अनुसार शेर्पा एसोसिएसन खरसाङद्वारा विगत धेरै वर्ष अघिदेखि विश्वको सबैभन्दा उच्च शिखरकाे चोटीमा पुग्ने प्रथम मानव तेन्जिङ नोर्गे शेर्पाकाे जन्म जयन्ती पालन गर्दै आईरहेको छौं र यसैलाई निरन्तरता दिदै यसपाली पनि भव्य रुपमा पालन गरेको जानकारी गराएका छन्। कार्यक्रममा मुख्य अतिथिको रुपमा 28 नम्बर समष्टि खरसाङ चिमनी देवराली समष्टीकाे सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। कार्यक्रमको प्रथममा गुम्बाकाे धर्मगुरु लामा निमाद्वारा छिमी बालेर मन्त्रोच्चारण गरेर कार्यक्रमकाे थाल्नी गरिएको।

यस अवसरमा मुख्य अतिथिहरूका साथै सबै सबैले तेन्जिङ शेर्पाको तस्वीरमा खदा चढ़ाएर श्रद्धाञ्जली अर्पित गरियो। यस क्रममा समाजकाे वरिष्ठ नागरिक पेमदुरे शेर्पा लामा निमा, सभासद श्याम शेर्पाद्वारा केक काटेर तेञ्जिङ नोर्गे शेर्पाको जन्म जयन्ती पालन गरिएको छ। कार्यक्रममा आफ्नो वक्तव्यमा सभासद श्याम शेर्पाले तेन्जिङ शेर्पा शेर्पा जातिको मात्रै नभएर सम्पूर्ण गोर्खा जातिको नै गौरव हुन् भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement