मुख्यमन्त्री पीएस गोलेको निर्देशनमा याङगाङ बजारको निरीक्षण-भ्रमण

IMG_20220521_204343.jpg

नाम्ची: मुख्यमन्त्री पीएस गोलेको निर्देशनमा हिज एउटा टोलीले याङगाङ बजारको निरीक्षण-भ्रमण गऱ्यो। टोलीमा क्षेत्र विधायक एवं शहरी विकास विभागकी सल्लाहकार राजकुमारी थापा, एसकेएम पार्टीको क्षेत्र प्रभारी राजकुमार बस्नेत, शहरी विकास विभागका सचिव एमटी शेर्पा लगायत विभागका अधिकारीगण, पञ्चायत सभापति रञ्जिता गुरुङ र पञ्चायत सदस्य किशोर गुरुङको टोलीले याङगाङ बजारलाई सम्पूर्ण सुविधायुक्त बजारको रूपमा रूपान्तरण गर्ने दिशामा निर्णायक पहल आरम्भ गर्न निरीक्षण तथा भ्रमणको एकमात्र उद्देश्य रहेको थियो।
निरीक्षण तथा भ्रमणको अवधिमा क्षेत्र विधायका राजकुमारी थापाले एउटा उचित स्थानको पहिचान गरेर वृहत बहुउद्देश्यीय सामुदायिक हल निर्माण गरिनु अति आवश्यक रहेको कुरामा जोर दिइन्। निरीक्षण-भ्रमण टोलीले याङगाङको चौतर्फी विकासको उद्देश्यलाई आत्मसात गर्दै विभिन्न परियोजना तथा विकास कार्यहरूको रूपरेखा तयार गरेको छ। विधायक राजकुमारी थापाले सम्पूर्ण टोलीप्रति हार्दिक आभार पनि व्यक्त गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement