सिलगढी नगरपालिकाको ट्रेड लाइसेन्स विभागमा आगलागी

IMG-20240529-WA0190.jpg

धेरै महत्वपूर्ण कागजात जलेर नष्ट

सिलगढी: सिलगढी महानगरपालिकामा आगलागी भएको छ। आगलागीमा शहरका धेरै व्यवसायीको अभिलेख जलेको छ। सिलगढी नगरपालिकाको ट्रेड लाइसेन्स विभागमा बुधबार दिउँसो अचानक आगलागी भएको बताइएको छ। जसका कारण केही समयमै महानगरपालिका धुवाँले भरिएको थियो। शुरुमा कर्मचारीहरुले आगो निभाउने प्रयास गरेका थिए। पछि दमकललाई यसबारे जानकारी गराइएको थियो। खबर पाएपछि दमकलका तीनवटा गाडी घटनास्थलमा पुगेका थिए। त्यसपछि दमकलका कर्मचारीले आगो निभाउन थाले। तर, धुवाँका कारण दमकललाई निकै समस्या भएको थियो। पछि दमकलले अक्सिजन मास्क लगाएर भित्र पसे र आगो निभाए।

आगलागीको कारण खुल्न सकेको छैन। यसैबीच आगलागीको खबर पाएलगत्तै मेयर, उपमेयर र नगरपालिकाका कर्मचारी पनि घटनास्थलमा पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement