आँधी-बेह्रीको कारण खोरीबारी ईलाकामा जरैसित उखेलियो रूखहरू

e898b410-530a-49de-9244-5ae1a8c3fcf0-1024x576.jpg

खोरीबारी: खोरीबारीको विभिन्न इलाकामा आँधी-बेह्रीको कारण व्यापक क्षय-क्षति भएको छ। प्राप्त जानकारी अनुसार, मंगलवार साँझको समयमा पानी पर्न शुरू भयो अनि यसपछि राति तीव्र वेगमा हावा चल्नको साथै यहाँको विभिन्न ठाउँमा अधिक मात्रामा पानी पऱ्यो। उक्त तीव्र गतिले चलेको हावा अनि पानीले गर्दा खोरीबारीको वारिसजोत सहित कतिपय इलाकामा बिजुलीका खाँबो भाँचिनुको साथै तारहरू चुडिएको छ भने धेरै ठाउँहरूमा रूखहरू जरैसित पल्टिएको छ। यसले गर्दा यस इलाकामा गत रातिदेखिनै बिजली परिसेवा ठप्प बन्न पुगेकोले मानिसहरूलाई धेरै असुविधा भइरहेको छ। यसैगरी, भारत-नेपाल सिमाना अन्तर्गत खोरीबारी मदन जोतस्थित एसएसबी क्याम्प पनि उक्त आँधी-बेह्रीमा क्षतिग्रस्त भएको थाहा लागेको छ। राति रूख लडेर जवानहरूको घरलाई समेत क्षति पुऱ्याएको छ।

About Author

Advertisement