फ्रेञ्च ओपनमा पराजित भएपछि टेनिसबाट सन्न्यास लिइन् एलाइज कार्नेटले

IMG-20240529-WA0140.jpg

पेरिस: लगातार ६९ वटा ग्राण्ड स्ल्याम टुर्नामेण्टमा हिस्सा लिने रेकर्ड बनाउने फ्रान्सकी शीर्ष महिला टेनिस खेलाड़ी एलाइज कार्नेटले फ्रेञ्च ओपनको पहिलो राउण्डमा बाहिर भएपछि खेलबाट सन्न्यास लिइन्। कार्नेटले महिला एकलको पहिलो राउण्डमा सातौं वरीयता प्राप्त झेंग क्विनवेन विरुद्ध ६-२, ६-१-ले हारको सामना गर्नु पऱ्यो। फ्रान्सकी ३४ वर्षीय खेलाड़ी कार्नेटलाई टुर्नामेण्टमा वाइल्ड कार्डद्वारा प्रवेश दिइएको थियो। यो उनको अन्तिम टुर्नामेण्ट हुने कार्नेटले अगावै घोषणा गरेकी थिइन्। म्याचपछि कोर्टमा आयोजित समारोहमा फ्रान्सीसी टेनिस महासंघका अध्यक्ष गाइल्स मोरटन र टुर्नामेण्ट निदेशक एमेली मौरेस्मोले पनि हिस्सा लिए। कार्नेटले आफ्नो परिवार र फ्रान्सका प्रशंसकहरू प्रति आभार व्यक्त गरिन्। उनले भने, मेरो मन अहिले अविश्वसनीय भावनाहरूले भरिएको छ। यो मेरो अन्तिम म्याच हो भन्ने विश्वास गर्नु मुश्किल छ तर हरेक यात्राको कहीँ न कहीँ अन्त हुनेछ अनि यो मेरो निम्ति बिदा लिने समय हो। कार्नेटको नाममा कुनै महिला खेलाड़ीको रूपमा लगातार ६९ वटा ग्राण्ड स्ल्याम टुर्नामेण्ट खेल्ने रेकर्ड रहेको छ। उनले २००७-मा अष्ट्रेलियन ओपनदेखि यस साल फ्रेञ्च ओपनसम्म प्रत्येक ग्राण्ड स्ल्याममा हिस्सा लिए तर उनले कुनै पनि ग्राण्ड स्ल्याममा क्वार्टर फाइनलभन्दा अघिको यात्रा तय गर्न सकिनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement