मुख्यमन्त्री गोलेले गरे टीएनए परिसरमा दुइवटा फुटओभर ब्रीटको उदघाटन

IMG-20220809-WA0162.jpg

गान्तोकः राजधानीको टाशी नामग्याल एकाडेमी (टीएनए) स्कूल परिसरमा निर्माण गरिएका दुईवटा फूटओभर ब्रीज आजदेखि संचालनमा आएको छ। केन्द्र सरकारको अमरुत परियोजना र राज्य सरकारको पक्षबाट उपलब्ध गराइएको ३ करोड ४२ लाख रुपियाँको लागतमा निर्माण गरिएका यी दुईवटा फुटओभर ब्रीजको आज बिहान उद्घाटन गरेर मुख्यमन्त्री पीएस गोलेले यात्रुहरूलाई समर्पित गरे।

यी दुईवटा फुटओभर ब्रीजले विशेष गरेर टीएनए स्कूलका शिक्षक तथा विद्यार्थी र भानु फथबाट माथिल्लो भागमा जाने यात्रुहरूलाई सुविधा हुनेछ।

भीआईपी मुभमेन्ट भइरहने यी दुई सडक मार्गमा स्कूलमा विद्यार्थी आउने र जाने समय दुर्घटनाको जोखिम बढी हुने गरेको कारण यहाँ फुटओभर ब्रीज निर्माण गरिएको राज्यको शहरी विकास विभागका सचिव एमटी शेर्पाले जानकारी दिएका छन्। उनले राजधानीका अन्य स्थानहरूमा पनि फुट ओभर ब्रिज निर्माण गर्ने विभागीय पहल भइरहेको जानकारी दिएका छन्। यी दुई पूर्वाधारको उद्घाटन अवसरमा मुख्यमन्त्री पीएस गोलेले टीएनएको पनि भ्रमण गरेर विद्यालय पक्षसँग अन्तरक्रिया गरे।

विद्यालय पक्षले खेल मैदानको विकासको निम्ति राखेको आवश्यक धनराशिको माग प्रस्तावलाई ध्यानमा राखेर सरकार पक्षबाट १५ लाख रुपैयाँ विद्यालयलाई प्रदान गर्ने मुख्यमन्त्री पीएस गोलेले वचन दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *