चिनियाँ सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि करिब ६३ मिटर ड्रिलिङ सम्पन्न

IMG-20240529-WA0034.jpg

झापा: दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य जारी रहेको छ। यहाँ पहिलेदेखि ग्यास निस्किरहेको देखिएपछि केही वर्ष अगाडिदेखि पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु भएको हो। चिनियाँ प्रविधि र प्राविधिकले यहाँको जमिनभित्र पेट्रोल रहेको ठहर गरेको छ।

हाल सो क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङस्थल निर्धारण गरिएको छ। करिब ६ महिनामा यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ रहेको छ पत्ता लाग्ने जियोलोजिकल सर्भे कम्पनीले जनाएको छ। अहिलेसम्म करिब ६३ मिटर ड्रिलिङको काम सम्पन्न भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement