नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको योगदानमा बृद्धि

IMG-20240529-WA0008.jpg

झापा: नेपालको आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ। गत आर्थिक वर्ष २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने यो चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेकोमा चालु आवमा यसको योगदान २४.०९ प्रतिशत रहने अनुमान गरेको छ। यसरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि हुनेमा बिउबिजन, मल, सिँचाइ, यान्त्रिकीकरणको उपलब्धता रहेको कृषि विभागका महानिर्देशक डा. हरी केसीले बताए।
उनले समग्रमा उत्पादन तथा उत्पादकत्व बढेको हो तर बाँझो जमिनका कारण आत्मनिर्भरतर्फ अग्रसर नभएको उनले बताए। उत्पादनमा बर्सेनि उत्पादन वृद्धि भइरहेको उनले बताए। सातौँ कृषि गणना, २०२२ मा कृषक परिवार सङ्ख्या ७.८ प्रतिशतले वृद्धि भएकोमा कृषि चलनको कुल क्षेत्रफल १२.४ प्रतिशतले घटेको छ। कृषक परिवार सङ्ख्या नै १०.९ प्रतिशतले घटेको छ।
सातौ कृषि गणना अनुसार कुल जनसङ्ख्याको ६६.७ प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन् भने छैटौँ कृषि गणना अनुसार ७७.६ प्रतिशत जनसङ्ख्या कृषि परिवारभित्र थियो। यस अवस्थामा पनि कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि नै भइरहेका छन्।
कृषि गणना २०६८ अनुसार आफ्नै कृषि उत्पादनबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवार ४० प्रतिशत थियो भने कृषि गणना २०७८ अनुसार यस्तो परिवार ४५ प्रतिशत रहेको छ। यसले नै पुष्टि हुन्छ कि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गत आर्थिक वर्ष १८ जात पञ्जीकरण तथा उन्मोचनको कार्य र बाली, बागवानी, पशु तथा मत्स्यपालन र यान्त्रिकीकरणको गरी जम्मा २५ नयाँ प्रविधि विकास गरेको थियो। चालु आर्थिक वर्षमा फरबरीसम्म १७५ आनुवंशिक स्रोत जिन बैङ्कमा संरक्षण गरिएको छ। नार्क चालु आवको फागुनसम्म ९४.१७ मेट्रिक टन स्रोत बिउ उत्पादन भएको छ। तरकारी, फलफूल, अलैँचीलगायतको गरी चार लाख २० हजार ५८ बेर्ना, बिरुवा र आलुको ४३ हजार ७५५ दाना मूल बिउ उत्पादन भएको छ भने ६० जातको पञ्जीकरण तथा उन्मोचनको कार्य अघि बढेको सर्वेक्षणमा उल्लेख छ।
चालु आवका लागि रासायनिक मलको कुल माग छ लाख मेट्रिक टन रहेको छ। जसमध्ये युरिया तीन लाख ६० हजार, डिएपी दुई लाख २० हजार र पोटास २० हजार मेट्रिक टन रहेको छ। गत आव २०२२/२३मा रासायनिक मलको कुल माग पाँच लाख २० हजार मेट्रिक टन रहेकोमा आवको अन्त्यसम्म चार लाख सात हजार तीन सय मेट्रिक टन मल आयात भई तीन लाख ४२ हजार सात सय मेट्रिक टन मल अनुदानमा बिक्रीवितरण भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement