नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’

IMG-20240529-WA0085.jpg

झापा: नेपाली चलचित्र क्षेत्रको नामका बिषयमा सहमति भएको छ। विकास बोर्ड र फिल्म सम्बन्धित संस्थासँगको सहमतिअनुसार नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने टुंगो लागेको छ।

विकास बोर्डले फिल्म सम्बद्ध संस्थालाई नामाकरणको छलफलका लागि बोलाएको थियो। जुन छलफलमा सिनेमाण्डु नामाकरणका बिषयमा छलफल जुटेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए। ‘नेपाल चलचित्र क्षेत्रको नाम के राख्ने र चलचित्र दिवसका बिषयमा छलफल गर्न बोर्डबाट पत्राचार आएको थियो। यी विषयमा चलचित्रसम्बन्धित संस्थाहरूको छलफल भएको थियो। सबैको सहमति अनुसार हामीले नेपाली चलचित्र क्षेत्रको नाम सिनेमाण्डु सिफारिस गरेका हौँ,’ उनले भने।
उनका अनुसार सिनेमान्डु, हिमालय फिल्मस् र कान्तिपुर फिल्मस् नाममा छलफल चलेको थियो। त्यसैगरि, नेपालको पहिलो फिल्म ‘आमा’ रिलिज भएको दिन सितम्बर १ लाई राष्ट्रिय चलचित्र दिवस मनाइने विषयमा पनि सहमति गरिएको छ।
नामाकरणका बिषयमा सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। बोर्डले बैठकले सो नाम अनुमोदन गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइनेछ।
मन्त्रालयले सो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ। मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि नेपाली फिल्म क्षेत्रले औपचारिक रुपमा नाम पाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement