गेजिङ: गेजिङ जिल्लाका जिल्लाका काउन्टिङ सुरप भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अब्जर्बरहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम आज आयोजना गरियो। गेजिङ जिल्ला अन्तर्गत क्योङसाको जिल्ला भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा अतिरिक्त जिल्लापाल परि विष्णोय, एआरओ खेमराज भट्टराई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल भट्टराइले भारतको चुनाउ आयोगले जारी गरेको निर्देश बमोजिम चुनाउ प्रक्रिया सुनिश्चित गर्न मतगणना प्रक्रियामा शुद्धता र निष्पक्षताको महत्त्वमा जोड दिए। मतगणना अधिकारीहरुलाई सम्बोधन गर्दै उनले मतगणना दिनका लागि सामान्य निर्देशन र मतगणना केन्द्रको स्थान, सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनका बारेमा विस्तृत जानकारी गराए।
उनले विहान ५ बजी मतगणना केन्द्रमा उपस्थित हुन सबैलाई आग्रह गर्दै डाक मतपत्रमा खटिएका पदाधिकारीहरुलाई तोकिएको काममा थप सतर्कता अपनाउन समेत सुझाउ दिए। उनले मतगणना अधिकारीको तर्फबाट कुनै लापरवाही गरेमा आयोगले अनुशासनात्मक कारबाही गर्ने पनि जानकारी गराए। यसका साथै मतगणनाको निम्ति खटिएका अधिकारीहरूले मतगणना केन्द्र नजिकै स्थापना गरिने मोबाइल डिपोजिटिङ सेन्टरमा आफ्नो मोबाइल फोन जम्मा गरेर मात्र मतगणना केन्द्रमा प्रवेश गर्न सकिने उनले बताए। यसै क्रममा नोडल अधिकारी सन्तोष कुमार आलेले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा मतगणनाको निम्ति खटिएका अधिकारीहरूको आफ्नो जिम्मेवारी र भूमिकाबारे जानकारी गराए।