मुख्यमन्त्रीले सोरेङमा टाउन हलको शिलान्यास गर्ने

IMG-20220809-WA0161.jpg

गान्तोक: सोरेङ निर्वाचन क्षेत्रका स्वतन्त्रता दिवस समारोह समितिका सदस्यहरूले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। यस टोलीमा सोरेङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोले, सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल लगायत अन्य प्रतिनिधिहरू पनि सामेल रहेका थिए। भेटको क्रममा जिल्लापालको नेतृत्वमा आजादीका अमृत महोत्सव अन्तर्गत तिरङ्गा यात्रा आयोजना गरिने मुख्यमन्त्रीलाई जानकारी गराए।यसरी नै आगामी १३ अगस्तको दिन सोरेङमा आयोजना हुने तिरङगा यात्रामा सहभागी बन्न मुख्यमन्त्रीलाई टोलीले आग्रह गरेको छ। मुख्यमन्त्रीले उक्त कार्यक्रममा आफ्नो उपस्थिति दिने आश्वासन दिएका छन्। उक्त दिन सोरेङ स्कूलमा आयोजना हुने फुटबलको सेमीफाइनल खेल रहेको छ भने सोही दिन मुख्यमन्त्रीले सोरेङमा टाउन हलको शिलान्यास गर्ने भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *