गान्तोक: युट्युबर रजत तामाङ विरुद्ध दार्जीलिङ र सिक्किममा प्राथमिकी दर्ता गरिने क्रम जारी रहेको छ। तामाङमाथि अनुसूचित जाति समुदायमाथि सामाजिक सञ्जालमा अपमानजनक र अपशब्दहरू बोलेको आरोप छ।
यस क्रममा अखिल सिक्किम अनुसूचित जाति कल्याण संघले पनि युट्युबर रजत तामाङ विरुद्ध प्राथमिकी दर्ता गरेको छ। संघका अध्यक्ष बिकास सुनारले आफ्नो फेसबुक पेजमा अनुसूचित जाति समुदायका सदस्य विरुद्ध असंसदीय र अपमानजनक शब्द बोलेको आरोप लगाएका छन्, जसले साम्प्रदायिक हिंसाका साथै राज्यको शान्ति र सद्भाव भंग हुन सक्छ। उनले आरोपी व्यक्ति विरुद्ध आवश्यक कानुनी कारबाहीको माग गरेका छन्। सदर पुलिसले आरोपी युट्युटर विरुद्ध आईपीसीको धारा ५०४/५०९ अन्तर्गत मामिला दर्ता गरेको छ।