नाम्ची: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको मतगणना तयारीलाई लिएर नाम्ची जिल्लाका काउन्टिङ सुपर भाइजर,काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। नाम्ची जिल्लाको टाउन हलमा सम्पन्न भएको कार्यक्रममा चुनाउ प्रकोष्ठकी उप सचिव भूमिका छेत्री, महकुमा अधिकारी छिरिङ नोर्गयाल थिङ लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नोडल अधिकारी गोपाल कुमार छेत्रीले यस प्रशिक्षण कार्यक्रममा उपस्थित प्रशिणार्थीहरूलाई स्वागत जनाउँदै मतगणनाको महत्वबारे प्रकाश पार्दै यस प्रशिक्षण कार्यक्रममा सक्रियरूपमा सहभागी बनेर मतगणना प्रक्रियालाई सफल पार्ने आग्रह गरे। यदि मतगणनाको समयमा कुनै पनि अधिकारीहरूले लापारवाही गरेको थाह पाएमा अनुशासनात्मक कारवाही गरिने चेताउनी दिए। सोही प्रकारले छिरिङ नोर्ग्याल थिङले मतगणना अधिकारीहरूले मतगणनाको दिनमा गर्नुपर्ने प्रक्रियाको बारेमा विस्तृत रूपमा जानकारी गराए। उनले प्रशिक्षार्थीहरूसँग अन्तक्रिया गर्दै यदि मतगणना सम्वन्धि कसैलाई पनि कुनै प्रकारको शंका रहेको खण्डा शीघ्र स्पष्ट हुनुपर्ने सुझाउ दिए।उनले थप जानकारी गराए अनुसार मतगणना अधिकारीहरूको निम्ति बस्ने व्यवस्था चेम्चेको एसआइआरडी भवनमा गरिने छ। यसका साथै उनले मतगणना प्रक्रियामा ढिलाइ हुन नदिने र सबै मतगणना पदाधिकारीलाई उत्तिकै जिम्मेवार बनेर काम गर्नुपर्ने आग्रह गरे।