सिङ्गलिला राष्ट्रिय निकुञ्जमा भेटिएका दुई शवको भयो पहिचान

IMG-20240528-WA0298.jpg

गान्तोक: भारत नेपाल सिमानामा पर्ने सिङ्गलिला राष्ट्रिय निकुञ्जमा हिजो फेला परेका दुईवटा शवको पहिचान भएको छ। उनीहरू पश्चिम सिक्किमको योक्सम र तिक्जेक निवासी हुन्। प्राप्त जानकारीअनुसार उनीहरू गत १९ मईको दिन उत्तरेको एउटा होमस्टेमा मोटर बाइक छोड़ेर ट्रेकिङमा गएका थिए। उनीहरू फोक्टे नजिक पानी भित्तामा टेन्ट लगाएर सिङ्गलिला घुम्न निस्केको पनि थप जान्नमा आएको छ।

नियमित रुपमा ट्रेकिङ गरिबस्ने बताएका ती दुईजनाको मृत्यु कसरी भयो भन्ने कुरा अहिले नै किटान गरेर भन्ने अवस्था नरहे तापनि उक्त क्षेत्रमा अत्याधित चट्याङ्ग पर्ने भएकोले चट्याङ्गले लागेर नै उनीहरूको मृत्यु भएको हुनसक्ने अनुमान लगाइएको छ। उल्लेखनीय छ, हिजो एसएसबी-का जवनाहरूले सिङ्गलिला राष्ट्रिय निकुञ्जमा एक युवक अनि एक युवतीको शव फेला पारेको थियो। ती शवहरूलाई धेरै चुनौतीको सामना गर्दै आज घर ल्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement