धोनी-सचिनदेखि मोदीसम्मः प्रशिक्षक पदको निम्ति ३००० भन्दा अधिक नकली आवेदन

IMG-20240528-WA0299.jpg

नयाँ दिल्ली: टीम इण्डियाका मुख्य प्रशिक्षकको रूपमा राहुल द्रविड़को कार्यकाल २ जूनदेखि शुरु हुने आईसीसी टी२० वर्ल्ड कपपछि समाप्त हुनेछ । यसैकारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)-ले यस महिनाको शुरुवातमा मुख्य प्रशिक्षक पदको निम्ति आवेदन आमन्त्रित गरेको थियो अनि आवेदन जमा गर्ने अन्तिम तारिख २७ मई थियो। बीसीसीआईलाई मुख्य प्रशिक्षक पदको निम्ति ३००० भन्दा अधिक नकली आवेदन प्राप्त भएको छ, जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व कप्तान एमएस धोनी र महान क्रिकेटर सचिन तेन्दुलकरको नाम पनि सामेल छ। गत वर्ष पनि बीसीसीआईलाई यस्तो प्रतिक्रिया प्राप्त भएको थियो अनि यसपाली पनि कहानी एकै प्रकारको रह्यो। बोर्डका एकजना अधिकारीले भने, बीसीसीआईले गूगल फर्ममा आवदेन आमन्त्रित गर्नुको मुख्य कारण एउटै शीटमा आवेदकहरूका नामहरूको जाँच गर्नु सजिलो हुनु हो। साल २०२२- मा मुख्य प्रशिक्षक पदको निम्ति आवेदन आमन्त्रित गरिँदा पनि बीसीसीआईलाई सेलिब्रिटीहरूका नामहरू प्रयोग गरिएको ५००० भन्दा अधिक नकली आवेदन प्राप्त भएको थियो । नयाँ प्रशिक्षकलाई २०२७-को वनडे वर्ल्ड कपसम्मको अनुबन्ध दिइने बीसीसीआईले अगावै घोषणा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement