कनाडा विरुद्ध नेपाल ६३ रनले पराजित

IMG-20240528-WA0292.jpg

डलास (अमेरिका): कनाडाले मंगलवार आईसीसी टी२० वर्ल्ड कप अघि खेलिएको अभ्यास म्याचमा नेपाललाई ६३ रनले पराजित गऱ्यो। टी२० वर्ल्ड कपमा पदार्पण गर्न तयार रहेको कनाडाले टस जितेर पहिला ब्याटिंग गर्दै निकोलस किर्टन (५१ रन)-को अर्द्धशतक र रविन्दरपाल सिंहको १७ बलमा अविजित ४१ रनको सहायताले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनायो। त्यसपछि पेस बलर डाइलन हेलिगर (२० रनमा ४ विकेट)-ले नेपालको ब्याटिंग क्रमलाई स्वाहा पारे अनि पूरा टीमले ३ बल बाँकी रहँदै १२० रन बनाएर अलआउट भयो। म्याचमा पहिला ब्याटिंग गर्दै किर्टन र नवनीत धालीवाल (३२ रन)-ले दोस्रो विकेटको निम्ति अर्द्धशतकीय पार्टनरशीप गरी म्याचलाई नियन्त्रणमा राखे। किर्टनले ३९ बल खेलेर १० वटा चौका र २ वटा छक्काको साथ ५२ रन बनाए। हेलिगर (अविजित १३)-ले ब्याटको साथ पनि योगदान दिँदै रविन्दरपाल सिंहसँग आठौं विकेटको निम्ति ४८ रनको अटूट पार्टनरशीप गरे। रविन्दरपालले ४ वटा छक्का र एउटा चौका लगाए। लक्ष्यलाई पछ्याउँदै नेपालका ब्याटरहरूले निराशाजनक प्रदर्शन गरे। कुशाल मल्लले ३० बलमा सर्वाधिक ३७ रन बनाए। नेपालका सातजना ब्याटर त दहाईको आँकड़ासम्म पनि पुग्न सकेनन्। अनिल शाहले २४ र विकेटकीपर आसिफ शेखले २२ रनको योगदान दिए। टी२० वर्ल्ड कपमा नेपाल ग्रुप डी-मा बंग्लादेश, दक्षिण अफ्रिका, श्रीलंका र नीदरल्याण्डसँग रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement