मंगन जिल्लाको ३ वटा निर्वाचन क्षेत्रको निम्ति आज ६ वटा पोस्टल व्यालेट प्राप्त

n612590426171691831949579841859de4fe8f9dc10e17786eda5155f58843b99d57668cd8ca6a0334097b7.jpg

मंगन: मंगन जिल्लाको ३ वटा निर्वाचन क्षेत्रको निम्ति आज ६ वटा पोस्टल व्यालेट आएको छ। आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको निम्ति हालसम्म पोस्टल व्यालेट आउने क्रम जारी रहेको छ।

उल्लेखनीय छ, गत १६ अप्रेलदेखि चुनाउमा खटिएका सरकारी अधिकारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरेका थिए भने उक्त मतदान अहिलेसम्म आइरहेको छ। यसै क्रममा आज मंगन जिल्लाको तीनवटा निर्वाचन क्षेत्रका लागि ६ वटा पोस्टल व्यालेट प्राप्त भएको छ।

मंगन जिल्ला अन्तर्गत जङ्गु, लाचेन मंगन र कावि लुङचोक निर्वाचन क्षेत्र रहेको छ। आज मंगन जिल्लाको डाक घरबाट प्राप्त भएको पोस्टल व्यालेट अतिरिक्त जिल्लापाल विशु लामाको निगरानीमा स्ट्रङ रूममा राखिएको छ। यस अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement