पाकिममा अन्तिम चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न

n61259042817169181426919f72c35a668962ac8f08b4d7df9e0f03174369800fa12c894e57db47f159a6df.jpg

पाकिम: आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधान सभा र ४ जूनको दिन सम्पन्न हुने लोकसभा चुनाउलाई लिएर आज पाकिम जिल्लाका काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अब्जर्बरहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।

पाकिम जिल्लाको रूअर्वन कम्प्लेक्समा आयोजित प्रशिक्षण कार्यक्रममा कूल २३५ जना प्रशिणार्थीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले मतगणनाको दिन अधिकारीहरूले पालना गर्नुपर्ने नियमबारेमा छलफल गरे। उनले मतगणनाको दिन प्रशासनले गरेको व्यवस्था बारेमा जानकारी दिँदै कुनै झन्झट हुन नदिन तोकिएको समयभन्दा अगाडि नै मतगणना हलमा बस्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए। उनले प्रशिक्षार्थीहरुलाई गल्ती हुन नदिनको लागि मतगणना प्रक्रियामा शान्त र लगनशील हुन सल्लाह दिँदै आफ्नो शंका तत्काल हटाउन आग्रह गरे।

जिल्लापालले जानकारी गराए अनुसार, आगामी ४ जूनको दिन सम्पन्न हुने लोकसभा चुनाउको मतगणना बिहान आठ बजीदेखि शुरू हुनेछ। सोही प्रकारले अतिरिक्त जिल्लापाल अनुपा तामलिङले मतगणना पर्यवेक्षकहरूलाई गन्ती सहायकमा मात्र भर नपर्ने सल्लाह दिँदै समय अगावै कार्यहरू पूरा गर्न सहयोगीहरूलाई सहयोग गर्ने विषयमा जोड दिइन्। उनले प्रशिक्षणमा लगनशील हुनुपर्नेमा जोड दिँदै यदि उक्त समयमा लापरवाही गरेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने चेताउनी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement