पाकिम: पाकिम जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति आज दुईवटा पोस्टल व्यालेट प्राप्त भएको छ। आज प्राप्त भएको दुईवटा पोस्टल व्यालेटसँगै अहिलेसम्म पाकिम जिल्लाको निम्ति कूल ३४५ वटा पोस्टल व्यालेट आइसकेको छ।
पाकिमको डाक घरबाट प्राप्त भएको पोस्टल व्यालेट पाकिम जिल्लाका महकुमा अधिकारी महेन्द्र छेत्रीलाई हस्तान्तरण गरियो। आज प्राप्त भएको पोस्टल व्यालेट भारतीय चुनाउ आयोगको नियम अनुसार मिति छुट्टाएपछि स्ट्रङ रूममा राखेर सील गरिएको छ। यस अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत विभिन्न अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
भारतीय चुनाउ आयोगको निर्देश बमोजिम आज प्राप्त भएको पोस्टल व्यालेट स्ट्रङ रूममा राखिने प्रक्रियाबारे भीडियोग्राफी पनि गरिएको जानकारी गराइएको छ।