गोलीटार फुटबल: पाण्डाम फुटबल एकाडेमी सेमी फाइनलमा प्रवेश, सिरवानी अनि इस्ट पोइन्ट स्कूल (बी) विजयी

IMG-20220809-WA0159.jpg

सिङ्ताम। स्वतन्त्रता दिवस आयोजक समिति पश्चिम पाण्डाम जपीयुद्वारा साउने गोलीटार खेल मैदानमा आजदेखि स्व. महेश्वर मिश्र स्मारक अन्तर विद्यालय फुटबल टुर्नामेन्टको उद्घाटन बरदाङका समाजसेवी घनश्याम भट्टराईले गरे। यस उद्घाटन कार्यक्रममा पश्चिम पाण्डाम जीपीयुका सभापति श्री प्रताप सिंह राई विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। आजको उद्धघाटित पहिलो म्याच इष्ट पोइन्ट स्कूल बनाम सिङ्ताम उच्चत्तर माध्यमिक पाठशाला बीच सम्पन्न भयो। बढ़ो रोचक खेल प्रदर्शन रहेको यस म्याचमा ५ को बिरुद्ध ६ गोल लगाएर इष्ट पोइन्ट स्कूल विजयी बन्यो भने उपविजयी दल सिङ्ताम स्कूलका खेलाड़ी जर्सी १० गाब्रियल बराईलीलाई मेन अफ दी म्याच घोषित गर्दै मुख्य अतिथिको बाहुलीबाट ट्रफी प्रदान गरियो। यस उद्घाटन म्याचका दुवै स्कूललाई अनि मन्त्र डान्स मन्त्र एकाडेमी सिङ्तामद्वारा एकल नृत्य प्रस्तुत गरेवापत मुख्य अतिथि घनश्याम भट्टराईले नगद उपहार प्रदान गरे। अन्तर विद्यालय फुटबल टुर्नामेन्टको आजको दोस्रो म्याच बरदाङ माध्यमिक पाठशाला र सिरवानी माध्यमिक पाठशालाबीच सम्पन्न गराइयो। यस म्याचमा एसकेएम पार्टीका एससी प्रकोष्ठका राज्यस्तरीय सचिव जगदीश सिन्चुरी मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। यस म्याचमा ३ गोल लगाएर सिरवानी स्कूल विजयी बन्यो। यस म्याचमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत सिरवानी स्कूलका खेलाड़ी जर्सी ११ अभिनय सार्कीलाई मेन अफ दी म्याच चयनित गर्दै मुख्य अतिथि जगदीश सिन्चुरीको बाहुलीबाट ट्रफी प्रदान गरियो।

यस्तै प्रकारले गत ४ अगस्तदेखि शुरु भएको स्व. फूलमाया प्रधान स्मारक खुल्ला पुरुष फुटबल टुर्नामेन्टको आजको म्याच सिङ्ताम पुलिस अनि पाण्डाम फुटबल एकाडेमी बीच सम्पन्न भयो। यस अवसरमा समाजसेवी विवेक सिन्चुरी मुख्य अतिथिको रुपमा उपस्थित थिए। यस म्याचमा 1 को बिरुद्ध ७ गोल लगाएर पाण्डाम फुटबल एकाडेमी विजयी बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ भने उत्कृष्ट खेल प्रदर्शित गरेवापत मेन अफ दी म्याचको ट्रफी पाण्डाम फुटबल एकाडेमीका गोल किप्पर इन्छेन तामाङलाई मुख्य अतिथि विवेक सिन्चुरीको बाहुलीबाट प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *