सौतेनी बुबाले छोरीमाथि यौन दुर्व्यवहार

गेजिङ: गेजिङ पुलिस थाना क्षेत्र अन्तर्गत एउटी नाबालिगमाथि आफ्नै सौतेनी बुबाले यौन दुर्व्यवहार गरेको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले ५० वर्षीय आरोपी व्यक्तिलाई पक्राउ गरेको छ।

पुलिस रिपोर्ट अनुसार, एक विद्यालयका प्रधानाध्यापकले विद्यालयकी एक १४ वर्षीय छात्रामाथि सौतेनी बुबाले यौन दुर्व्यवहार गरेको लिखित शिकायत थानामा दर्ता गराएका छन्। कक्षा ९ मा अध्ययनरत नाबालिग छात्राले सौतेनी बुबामाथि विगत एक वर्षदेखि यौन दुर्व्यवहार गरेको शिकायत विद्यालयका अन्य दुई शिक्षकहरूलाई गरेकी थिइन्।

शिकायतको आधारमा पुलिसले आफ्नो कारबाही शुरू गर्दै ५० वर्षीय आरोपी व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले आरोपी विरुद्ध आईपीसीको धारा ३७६ र पोक्सो एक्ट २०१२ अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement