अचानक स्पेन गए युक्रेनका राष्ट्रपति जेलेन्स्की

C6TJIHHVCZAF7HWFAQXLCWJYJA.jpg

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमी मुलुकका नेताहरूलाई शान्ति कायम गर्न रुसमाथि दबाब दिन अपिल गरेका छन्। स्पेन पुगेका जेलेन्स्कीले भने, ‘रुसले युक्रेनलाई ध्वस्त पार्ने योजना बनाएको छ र यसलाई रोक्न दबाब दिनुपर्ने आवश्यकता छ।’ तर, युक्रेनी राष्ट्रपतिले रुसी सेनाले युक्रेनी भूमि नछोडेसम्म रुससँग प्रत्यक्ष सम्झौता नगर्ने बताएका छन्। रूस र युक्रेनमा शान्ति कायम गर्न अर्को महिना स्वीट्जरल्याण्डमा शिखर सम्मेलन हुन लागेको छ, जसमा ९० देशका प्रतिनिधि सहभागी हुने सम्भावना छ। जेलेन्स्कीले यस सम्मेलनमा रुसलाई निमन्त्रणा दिने कुराको विरोध गरे।

रुसले भर्खरै सार्वजनिक रुपमा शान्ति वार्ताका लागि तयार रहेको बताए पनि आफ्नो नियन्त्रणमा रहेको युक्रेनी भूमि आफ्नो नियन्त्रणमै रहने बताएको छ। युक्रेन अहिले पश्चिमी देशहरूबाट हतियार आपूर्तिको अभावमा संघर्ष गरिरहेको छ। युक्रेन विरुद्धको युद्धमा रुसले पनि फाइदा उठाएको छ। रुसले युक्रेनमा हरेक महिना करिब ३२०० बम खसालेको बताएको छ। जेलेन्स्की स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्न आएका हुन्। रुस र युक्रेनबीच साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ। अमेरिकाले भर्खरै युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने घोषणा गरेको थियो र त्यस अन्तर्गत हतियार आपूर्ति भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement