अन्तिम चरणको मतदान अघि प्रधानमन्त्री मोदीले कन्याकुमारी जाने

narendra-modi-addresses-the-parliament-of-nepal-in-kathmandu-nepal-13.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावका लागि अन्तिम चरणको मतदान अघि कन्याकुमारी जानेछन्। उनले यहाँ रक मेमोरियलको त्यही ढुङ्गामा ध्यान गर्नेछन्, जहाँ स्वामी विवेकानन्दले ध्यान गरेका थिए। लोकसभा चुनावको सातौं र अन्तिम चरणमा जुन १ मा ५७ लोकसभा सीटका लागि मतदान हुँदैछ। यी सिटको चुनावी प्रचार मई ३० साँझ ५ बजे समाप्त हुनेछ। मोदी २०१९ को अन्तिम चरणको मतदानअघि केदारनाथ गएका थिए। त्यहाँ बनेको रुद्र गुफामा १७ घण्टा तपस्या गरेका थिए । मोदी मई ३० साँझसम्म तमिलनाडुको कन्याकुमारी पुग्ने कार्यक्रम छ। स्रोतका अनुसार उनले विवेकानन्द रक मेमोरियलमा मई ३० रातिदेखि १ जुनको साँझसम्म ध्यान गर्ने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement