सिलगढी: एसी चलाउने सानो कुरामा कोलकाता पर्यटकलाई दुर्व्यवहार गर्ने ट्याक्सी चालकलाई भक्तिनगर पुलिस थानाले पक्राउ गरेको छ। प्राप्त जानकारीका अनुसार २२ मई कोलकाताबाट घुम्नका लागि केही पर्यटकको समूह गान्तोक गएको थियो ।पर्यटकीय स्थलको भ्रमण सकेर आज सबैजना ट्याक्सीमा गान्तोकबाट सिलगढी आउँदै थिए। ट्याक्सी चालकलाई यसरी चलाउन भनिएपछि पर्यटकसँग दुर्व्यवहार गरेको आरोप छ। त्यसपछि पर्यटकले अनलाइनमार्फत भक्तिनगर थानामा उजुरी गरेका थिए। यसबारे तत्काल कारबाही गर्दै भक्तिनगर पुलिसले ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ। भक्तिनगर पुलिस थानाले थप कारबाही अघि बढाएको छ।