झापा: झापाको दमक-६ स्थित नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाले १०औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसँगको सहकार्यमा संस्थाले मई २८मा कार्यालय परिसरमा गरेको रक्तदानमा ५० जनाले सहभागिता जनाएका छन्। दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले ५५ औं पटक रक्तदान गरेर सो कार्यक्रमको उदघाटन गरेका थिए। संस्थाका अध्यक्ष टिकाराम खतिवडाले संस्थाको स्थापना दिवसमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिँदै आएको रक्तदानलाई निरन्तरता दिइएको बताए। रक्तदानमा संस्थाका शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा अन्य इच्छुक रक्तदाताहरुले सहभागिता जनाएका थिए। सो अवसरमा रेडक्रस दमकलाई संस्थाले बिद्युतीय पंखा उपलब्ध गराएर सहयोग गरेको छ।