लेटाङको तुर्केमा पोखरीमा डुबेर एकजनाको मृत्यु

IMG-20240528-WA0277.jpg

झापा: मोरङ्गको लेटाङ – २ तुर्केमा रहेको होलि पोखरीमा डुबेर एकजनाको मृत्युु भएको छ। लेटाङ – १ तुर्के देउरालि डाँडा बस्ने भक्त बहादुर लिम्बु लेटाङ- २ को गरापानी समुदायिक बनको हाता भित्र रहेको रानिबन पानी पोखरीमा नुहाउने क्रममा मई २८आज दिउसो ४ बजे देखि बेपत्ता भएका थिए। इलाका पुलिस कार्यालय लेटाङ, पुलिस चौकि बुधबारे र ससस्त्र पुलिस बल सुरक्षा बेस पथरी समेतको संयुक्त टोलिले खोजी गर्दा समेत फेला पार्न नसके पछि ससस्त्र पुलिस बल बराह बाहिनि पकलिबाट तालिम प्राप्त गोताखोर टोलिहरु झिकाइ पोखरीमा खोज गरिएको थियो।पोखरीमा बेलुकी निज लिम्बुलाइ मृत अबस्थामा फेला पारी मृतकको शवलाइ पोस्टमार्टमको लागि लेटाङ नगर पालिकाको सब बहानमा मदन भन्डारी ट्रमा सेन्टर मंगलबारे लगिएको लेटाङ नगरपालिका वडा नं. – २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिनुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement