झापा: झापाको हल्दिबारी गाउँपालिका वडा नं. – ३ का (नाम परिर्वतन सुरेश )ले नाबालिका छोरीलाई पटक पटक करणी गरी गर्भबती बनाए पछी पुलिसले पक्राउ गरेको छ।ति बालिका बिरामी भएर अस्पताल पुगेपछी उनि गर्भवती भएको खुलेको थियो भने आफ्नै बुवाबाट गर्भबती भएको बालिकाले बताए पछी उनका छिमेकीले पुलिसलाई खबर गरेका थिए। स्थानिय एक विद्यालयमा अध्ययनरत ति बालिकालाई उनले लामो समयदेखि यौन सम्पर्क गरेको स्वीकार गरेको र उनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला पुलिस कार्यालय झापा लगिएको छ। यस सम्वन्धमा पुलिसले अनुसन्धान गरिरहेको र कानुनी कार्यवाही अगाडी बढाएको जनाएको छ।