यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

IMG-20240528-WA0266.jpg

झापा: यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका- ४ गोतामकोट विष्ट गाउँकी २२ वर्षीया जमुना विष्टको मई २८मा डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको हो। वार्डाध्यक्ष नरसिं विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी हुनुभएको थियो। उनको साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै मृत्यु भएको हो। जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गर्ने तयारी भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement